सिड्नीमा बाढीको चेतावनीसहित ३२ हजार मानिसलाई घर छाड्न आदेश

काठमाडौं । मुसलधारे पानी तथा समुद्री आधी पश्चात अस्ट्रेलियाको सिड्नीमा भिषण बाढीको सम्भावना रहेको भन्दै झण्डै ३२ हजार मानिसलाई आफ्नो घर भन्दा अन्यन्त्र सर्न आदेश दिइएको छ ।

गत शुक्रबार देखी परिरहेको मुसलधारे वर्षाका कारणहाल सिड्नीको जनजीवन प्रवाभित भएको छ । अस्ट्रेलियाका आपतकालीन व्यवस्थापन मन्त्री मरे वाटले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनलाई जानाकारी गराए अनुसार गत अठार महिनामा आएका अन्य तिन वटा बाढी भन्दा अबको बाढी सबै भन्दा विनाशकारी हुनसक्ने प्रबल सम्भावना रहेको छ ।

यस्तै गरि न्यू साउथ वेल्स प्रान्तका प्रिमियर डोमिनिक पेरोटेटले जानकारी गराए अनुसार हाल ३२ हजार मानिसलाई आफ्नो घर भन्दा अन्यन्त्र सर्न आदेश दिइएता पनि आगामि दिनमा उक्त संख्यामा बढोत्तरी हुन सक्ने प्रबल सम्भावना रहेको छ ।

अष्ट्रेलियाको मौसम विज्ञान ब्यूरोका प्रबन्धक जेन गोल्डिङले सिड्नीको उत्तरी भागमा रहेको न्युक्यासल र सिड्नीको दक्षिणी भागमा रहेको वोलोङगोङ बीचका केही क्षेत्रमा अघिल्लो चौबिस घण्टामा एक मिटर (३९ इन्च) भन्दा बढी वर्षा भएको एसोसीएट प्रेसले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *