युवा नवप्रर्वतन विचार प्रतियोगितामा कर्णालीका विजेता घोषित

सुर्खेत । कर्णाली प्रदेशस्तरीय युवा नवप्रवर्तन विचार प्रतियोगितामा दैलेखका राजेन्द्र अधिकारी प्रथम भएका छन् । राष्ट्रिय युवा परिषद्को वार्षिक कार्यक्रम अनुसार सामाजिक विकास मन्त्रालयले प्रतियोगिता आयोजना गरेको थियो ।

अधिकारी भगवतीमाई गाउँपालिका-४ तुर्सुका बासिन्दा हुन् । प्रतियोगितामा रुकुमपश्चिमका प्रकाश खड्का दोस्रो, सुर्खेतका प्रकाश खड्का तेस्रो र जाजरकोटका कर्मराज सिंह सान्त्वना भए ।

युवाका सोचहरूलाई व्यवसायिक रुपान्तरण र गर्ने उद्देश्यले हरेक वर्ष पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म यो कार्यक्रम आयोजना गरिन्छ ।

सातै प्रदेशबाट तीनजनाका दरले २१ जनाले केन्द्रीय स्तरको प्रतिस्पर्धामा सहभागी हुन पाउँछन् ।

Comments

One response to “युवा नवप्रर्वतन विचार प्रतियोगितामा कर्णालीका विजेता घोषित”

  1. Narayan khadka Avatar

    रुकुम का प्रकाश् खड्का नभै नारायण खडका भएको जानकारी गराउछु।धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *