कसैले साथ नदिएकाे सन्दिपकाे गुनासाे, एक्लै लड्ने अठाेट

काठमाडौं। नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफुलाई कसैले सहयोग नगरेको आशय झल्कने ट्वीट गरेका छन्।

विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा हुने त्रिकोणात्मक शृंखलाका लागि क्यानडामा नेपालले तयारी गरिरहेका बेला सन्दीपले शनिबार बिहान गरेको ट्वीटमा कसैले सहयाेग नगरेपनि यो भिडन्तमा  एक्लै लड्नुपर्ने अवस्था रहेको उल्लेख गरेका छन्।

‘समर्थन शुन्य। चिन्ता छैन, तिमीले यो भिडन्त एक्लै लड्नु पर्ने थियो’, सन्दीपको ट्वीटको छ। क्यानडासँग खेलेपछि नेपाली टोली स्कटल्यान्ड प्रस्थान गर्ने छ। ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई कप्तान नियुक्त गरेपछि उनले पाएको यो जिम्मेवारीलाई अन्य सहकर्मीले समेत सहयोग नगरेको टिप्पणी हुने गरेको छ।

ज्ञानेन्द्रलाई कप्तानबाट हटाएपछि उनको समर्थनमा देखिएका करिब एक दर्जन खेलाडीहरु लगातार टोलीमा परिरहेपनि ज्ञानेन्द्रले स्थान बनाउन छाडेका छन्। लयमै रहेका बेला ज्ञानेन्द्र टोलीमा पर्न छाडेका हुन्। क्यानकै पदाधिकारीहरु विवाद र जिम्मेवारी खोसिएपछि ज्ञानेन्द्रको उपस्थितीले राष्ट्रिय टोलीमा माहोल विग्रिएको र कप्तानका रुपमा सन्दीपलाई अप्ठेरो परेको दावी गर्छन्।

Comments

One response to “कसैले साथ नदिएकाे सन्दिपकाे गुनासाे, एक्लै लड्ने अठाेट”

  1. Sudhakar Avatar
    Sudhakar

    I think Paras should talk to both Gyanendra and Sandeep and try to patch up the differences for greater cause of Nepali cricket.

Leave a Reply

Your email address will not be published. Required fields are marked *