अमेरिकाबाट राजवल्लभ कोइरालाको प्रश्नः मेरो पनि परिचयपत्र बनेको छ कि निवेदन दिनुपर्ने हो ?

काठमाडौं । चलचित्र विकास बोर्डले आज चलचित्र क्षेत्रका ६२ जना कलाकारलाई विशिष्ट श्रेणीको परिचयपत्र बाँडेसँगै यसमाथि विभिन्न टीकाटिप्पणी हुन थालेका छन् । कसैले परिचयपत्र बाँड्नुको आधार र मापदण्डलाई लिएर प्रश्न उठाएका छन् त कसैले यसबाट प्राप्त हुने सुविधाको विषयमा चासो व्यक्त गरेका छन् ।

लामो समयदेखि अमेरिकामा रहेका अभिनेता राजवल्लव कोइरालाको सरकारी परिचयपत्रमा ध्यान तानिएको छ अर्ध–व्यंग्यात्मक स्टाटस लेख्दै उनले आफ्नो पनि परिचत्रय बने–नबनेको जिज्ञासा राखेका छन् ।

सामाजिक सञ्जालमा चलचित्रकर्मी परिचयपत्र देखेको भन्दै उनी प्रश्न गर्छन्, ‘कलाकारहरुको श्रेणी कसरी छुट्याइएको छ, काम संख्या, उमेर वा अन्य केही ?’

अनुहार नचिन्नेलाई परिचयपत्र देखाउने हो कि यसका अरु पनि उद्देश्य छन् भन्ने उनको व्यंग्यात्मक प्रश्न छ । ‘मेरो पनि बनेको छ कि निवेदन दिनुपर्ने हो ? मेरो मूल्यांकन कुन हिसाबले हुन्छ ?’, कोइरालाले सोधेका छन् ।

थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका कोइराला कुनै समय चल्तीकै नायक थिए । तर, एक दशकअघि उनी अमेरिका भासिएका थिए । अमेरिकाबाटै उनले परिचयपत्रमा आफ्नो दावेदारी पेश गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *