प्रचण्डको दाबी- एमालेमा बीउ रोपेका छौँ, हेर्नुहोला केही समयपछि फल्छ(भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन नेकपाको तीन वर्षमा एमालेभित्र आफूले बीउ रोपेको भन्दै चाँडै नै त्यहाँभित्र पनि माओवादी विचार फल्ने दाबी गरेका छन् ।

बुधबार पेरिसडाँडामा विप्लव नेतृत्वको नेकपाका नेताहरूलाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीको नेतृत्वका कारणमात्र अहिले एमालेमा आफूले रोपेको बीउ फक्रिन नपाएको बताए ।

प्रचण्डले भने, ‘तीन वर्षको मेरो अनुभवले भन्छ, हामीले हाम्रो बीउ रोपेर आएका छौं, हेर्नुहोला केही समयपछि फुल्छ फल्छ । एमालेभित्र पनि हजारौं क्रान्तिकारी छन्, केपी ओली नेतृत्वका कारणमात्र हो । त्यहाँ पनि नसकिएको होइन । त्यसैले माओवादीहरूमात्र मिलेर हुन्न, अन्य वामपन्थीहरू पनि मिलाउनुपर्छ ।’

प्रचण्डले आफू भावुक र उदार स्वभावको रहेको भन्दै माओवादीमा बसेकाहरूलाई भन्दा बाहिर गएर आएकालाई बढी अवसर र जिम्मेवारी दिएको बताए । छाडेर फर्केकालाई महासचिव र गृहमन्त्री बनाउँदा अहिले कहाँ-कहाँ पुगेको भन्दै उनले बादलको आलोचना समेत गरे ।

Comments

One response to “प्रचण्डको दाबी- एमालेमा बीउ रोपेका छौँ, हेर्नुहोला केही समयपछि फल्छ(भिडिओ)”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    कमरेड नामका प्रचण्ड भन्ने पात्र यो मुलुकको अभिश्राप हो आज यो अवस्था ल्याउनमा उनको अपराधी मानसिकता ले प्रतिनिधित्व गरेको देखिन्छ अब रह्यो नेकपा एमालेको विषय त्यो दिवालियापन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *