सबै आन्तरिक उडान बिहान ११ बजेदेखि नियमित संचालन हुने

काठमाडौं । वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमित गर्ने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गए राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने भएका हुन् । वायुसेवा सञ्चालक संघले आज बिहान ११ बजेपछि सबै उडान सञ्चालन गर्ने जनाएको छ ।

बुद्ध एयरले आज ११ बजेदेखि आन्तरिक हवाइ उडान सुचारु हुने जनाएको छ ।

मङ्गलबार प्राधिकरणले जारी गरेको जहाजको बेस व्यवस्थापन निर्देशनविरुद्ध वायुसेवा सञ्चालकहरूले आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको बैठकले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ त्यहीबाटै पहिलो उडान भर्नुपर्ने तथा नाइट स्पटका लागि त्यही बास बस्नुपर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध वायुसेवा सञ्चालक संघले आजदेखि आन्तरिक तथा बाह्य सबै उडान बन्द गर्ने चेतावनी दिएका थिए ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *