मन्त्री आलेको अडिओको ल्याब परीक्षणसहित कारबाही माग गर्दै उजुरी (पूर्णपाठ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरविरुद्ध प्रतिनिधिसभामा उजुरी परेको छ ।

प्रतिनिधिसभाको ‘संसद आचारण अनुगमन समिति’ मा ‘प्रतिनिधिसभा सदस्यको आचारसंहिता’ उल्लंघनसम्बन्धी उजुरी परेको हो । उजुरीमा अडिओको वास्तविकताबारे ल्याब परीक्षण गरी आवश्यक कारबाहीको माग गरिएको छ ।

अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईसहित कानूनका विद्यार्थी रेजिना पौड्यालले संसद आचारण अनुगमन समितिको सचिवालयमा आज उजुरी दर्ता गराएका छन् ।

उजुरीको वोधार्थ सभामुख तथा आचारण अनुगमन समितिका सभापति अग्निप्रसाद सापकोटा, विपक्षी दलका नेता केपी शर्मा ओली, समितिका सचिव र संघीय संसदका महासचिवलाई दिइएको छ ।

उजुरीमा लेखिएको छ, ‘यसरी नियमको बर्खिलाप गरी माननीयज्यूले आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य विषय मान्न मिल्दैन । यसले नेपालको भाषा र संस्कृतिमाथि ठूलो चोट मात्रै पुर्‍याएको छैन, सामाजिक सुव्यवस्था तथा मर्यादामाथि साधिकार व्यक्तिबाटै निर्लज्ज प्रहार भएको छ ।’

यस्ता गतिविधिले जनताबीचमा जनप्रतिनिधिमूलक संस्थाप्रति विश्वास घट्नु स्वभाविक हुने भन्दै उजुरीमा अगाडि भनिएको छ, ‘समितिसमक्ष माननीय सांसद आलेज्यूको यो अडिओको ल्याब परीक्षण गरी आवश्यक अनुसन्धानबाट कारबाहीका लागि सिफारिस गर्नुहुन अनुरोध गर्दछौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *