पूर्व प्रधानमन्त्री सुशील कोइरालाको छैटौं स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाको छैटौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

संविधान निर्माणको अगुवाई समेत गरेका पूर्व प्रधानमन्त्री कोइरालाको २०७२ साल माघ २६ गते राति महाराजगञ्जस्थित निवासमा निधन भएको थियो ।

नेपाली राजनीतिमा निष्ठानवान् र सादगी नेताको रुपमा चिनिएका कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र आबद्ध संघ संस्थाहरुले विभिन्न कार्यक्रम गर्दैछन् ।

आज सुशील कोइराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गर्ने ‘संकटमा संविधान’ विषयक विचार गोष्ठीमा कांग्रेस महामन्त्री डा. शशांक कोइराला, नेताहरु डा. मिनेन्द्र रिजाल, जीवन परियार, नेकपा नेता रघुजी पन्त, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे लगायतले सम्बोधन गर्दैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *