जिप्रकामा विमला वलीसँग सोधपुछ जारी, एकराज आफ्नो प्रेमी भएको स्वीकार

दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई अहिले जिल्ला प्रशासन कार्यालयमा राखिएको छ ।

स्रोतका अनुसार राज्यमन्त्री वलीसँग प्रजिअ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेले सोधपुछ गरिरहेका छन् ।

वलीले प्रजिअ र एसपीसँग खासै खुलेर बोल्न नसकेको स्रोतले बतायो । यद्यपि, उनले वाइसीएल कार्यकर्ता एकराज बस्नेत आफ्नो प्रेमी भएको स्वीकार गरेकी छन् । एकराजसँग विशेष काम परेकाले भेट्न घरमा पुगेको उनको भनाइ छ ।

विमलाले आज बिहान एकराजको घरमा गएर उनको श्रीमती र छोरीलाई हातपात गरेकी थिइन् ।

एकराजकी पत्नी मिना भण्डारीले वलीविरुद्ध अभद्र व्यवहारको आरोपमा उजुरी दिएकी छन् ।

Comments

One response to “जिप्रकामा विमला वलीसँग सोधपुछ जारी, एकराज आफ्नो प्रेमी भएको स्वीकार”

  1. Bishwaraj Rai Avatar
    Bishwaraj Rai

    सौता कहा बस्छिन भन्ने मंत्रानी ले राम्रै पत्ता लगाएका थिएछिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *