पोर्चुगलमा दुई महिनादेखि बेपत्ता नेपालीको शव समुद्रमा भेटियो

पोर्चुगल । दुई महिनादेखि पोर्चुगलमा बेपत्ता नेपाली युवकको शव समुद्रमा भेटिएको छ ।

पोर्चुगलमा बेपत्ता भएका नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२, का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो ।

उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको भए पनि शवको पहिचान भने बिहीबार मात्रै खुलेपछि प्रहरीले खबर गरेको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *