सन्तोष खनालको निर्देशनमा कमेडी सिरियल मालामाल नियमित प्रसारण

काठमाडौं । कमेडी सिरियल मालामाल प्रसारण शुरु भएको छ । ओ यस आर डिजिटलको प्रस्तुति रहेको उक्त सिरियलको नियमित प्रसारण ओ एस आर मुभिजमा हरेक शुक्रबार राति ८ बजे हुनेछ ।

सामाजिक तथा समसामयिक बिषय उठान गरेको हाँस्यव्यङ्ग्य शैलीमा आधारित यस सिरियलले चाँडै नै दर्शकको मन जित्ने दाबी यसका परिकल्पनाकार तिलक कोइरालाको रहेको छ ।

यसमा अभिनय गर्ने कलाकारहरु राजु भुजु, श्याम राई, सन्तोष खनाल, एलिस राई, कञ्चन खड्का, सुदर्शन आचार्य, निशा पाख्रिन तामाङ, ठाकु गुरुङ, चन्द्र पाण्डेय, तिलक कोइराला आदि रहेका छन् भने नेपालकै कान्छी स्ट्यान्डप कमेडियन सुयशा खनालको पनि अभिनय रहने छ ।

दिलिप विष्टको छायाङ्कन रहेको यस सिरियलमा सङ्गीत संयोजन विनय कार्कीले गरेका छन् भने सम्पादन सन्दिप चौधरीको रहेको छ । तिलक कोइराला र चन्द्र पाण्डेयको लेखन रहेको यस सिरियलका निर्देशक सन्तोष खनाल हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *