टोखामा तीन तलाबाट खसेका युवकको मृत्यु

काठमाडौं । काठमाडौंको टोखामा शुक्रबार दिउँसो तीन तलाबाट खसेका युवकको मृत्यु भएको छ।

ललितपुरको लामाटार स्थायी घर भई परिवारसहित डेरामा बस्दै आएका ३० वर्षीय सन्जिव विकको उपचारका क्रममा साँझ मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।

टोखा नगरपालिका-३ बानियाटारमा चार तले घरको तेस्रो तलामा डेरामा बस्दै आएको विक कोठाको झ्यालबाट तल खसेका थिए। आत्महत्या वा भवितव्य के हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *