जङ्गी अड्डामा अमेरिकी सेनाका प्यासिफिक कमान्डर

काठमाडौं । चार दिने नेपाल भ्रमणका लागि नेपाल आइपुगेका संयुक्त राज्य अमिरकाको सेनाको प्यासिफिक कमान्डर जनरल चार्ल्स ए फ्लाइनले शुक्रवार सैनिक जङ्गी अड्डा पुगेर प्रधान सेनापति प्रभुराम शर्मालाई भेटेका छन्।

त्यस क्रममा नेपाली सेनाले उनलाई गार्ड अफ अनर पनि दिएको थियो। प्रधान सेनापति शर्मा र फ्लाइनबीच भएको भेटघाटमा आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

नेपाली सेनाले जनरल फ्लाइनका लागि शुक्रवार रात्रि भोज आयोजना गर्दै छ। फ्लाइनले शनिवार माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ।

आइतबार पाँचखाल र शिवपुरीमा रहेका तालिम केन्द्रको अवलोकन गरी उनी सोही दिन फर्कनेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *