बिदाको दिन सडकमा छ्याप्छ्याप्ती सरकारी गाडी (तस्बिरहरू)

काठमाडौं । देशमा आर्थिक संकट चुलिएपछि सरकारले प्रशासनिक खर्च घटाउन भन्दै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर, आज आइतबार पनि काठमाडौंको सडकमा छ्याप्छ्याप्ती सरकारी सवारीसाधन गुडेको भेटियो ।

कार्यालय बिदा भएपनि सरकारी कर्मचारीले के प्रयोजनका लागि सरकारी सवारीसाधन प्रयोग गरे ? भन्ने पत्तो छैन । आइतबार कार्यालय समय सुरु नहुँदै सडकमा सरकारी नम्बरप्लेटका गाडी तथा मोटरसाइकल हुँइकिरहेका थिए ।

खर्च घटाउन शनिबार र आइतबार बिदा दिने सरकारी निर्णयको आलोचना भइरहेको छ । कतिपय कार्यालयले भने सरकारी निर्णय नमान्ने पनि बताइरहेका छन् ।

हेर्नुहोस्, काठमाडौंका सडकमा आइतबार भेटिएका सरकारी सवारीसाधन

Comments

One response to “बिदाको दिन सडकमा छ्याप्छ्याप्ती सरकारी गाडी (तस्बिरहरू)”

  1. Sajja Avatar
    Sajja

    उक्त तस्विरहरूमा देखाईएझै सबै सरकारी गाडी सार्वजनीक बिदाको दिन दुरूपयोग नै भएका हुन्छन भनेर किटान गर्न अलि नमिल्ला। विकाशका कामहरू भईरहेका साईटमा निरिक्ष्यणको लागि सार्वजनिक विदाको दिन सरकारी कर्मचारी जानु पर्दा व्यक्तिगत शाधन लिएर जाने कुरा नि भएन। पास लिएर अफिसियल कामले हिडेकानि हुनसक्छन। 😊😊

Leave a Reply

Your email address will not be published. Required fields are marked *