भुसालमाथिको कारबाहीले एमालेमा खैलाबैला, पार्टीलाई ‘प्रालीकरण’ गरेको आरोप

रुपन्देही । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई अनुशासन आयोगले अध्यक्ष केपी ओलीको आलोचना गरेको भन्दै स्पष्टीकरण सोध्न सिफारिस गरेसँगै पार्टीभित्रै खैलाबैला भएको छ।

भुसालले निर्वाचनपछि एक टेलिभिजन अन्तरवार्तामा अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय व्यहोरेको बताउँदै कार्यशैलीको कडा आलोचना गरेका थिए। बुधबार बसेको अनुशासन आयोगको सचिवालय बैठकले स्थायी कमिटी सदस्य भुसालले पार्टी नीतिविपरीत काम गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्न सिफारिस गरेसँगै पार्टीभित्र यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ ।

सार्वजनिक सञ्चारमाध्यममा पार्टी नेतृत्वमाथि प्रश्न उठाउने स्थायी कमिटी सदस्यलाई स्पष्टीकरण सोध्न सिफारिस गरिएको अनुशासन आयोगका अध्यक्ष केशव बडालले पत्रकारहरुलाई बताएका छन्।

बैठकले निर्वाचन र त्यसपछि पार्टीविरूद्ध गतिविधि गर्ने विभिन्न तहका नेताहरूसँग स्पष्टीकरण सोध्न पार्टीलाई सुझाव दिएको अनुशासन आयोगका एक सचिवालय सदस्यले बताए।

भुसाल एमालेभित्र पार्टी अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्ने थोरै नेतामा पर्छन्।

चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनमा अध्यक्ष ओलीको प्रस्तावविपरीत भीम रावल र घनश्याम भुसालले विरोध गरेर नेतृत्व चयनलाई निर्वाचन गराएका थिए । रावल अध्यक्ष र भुसाल उपाध्यक्षको उम्मेदवार बनेका थिए।

अहिले यो विषयलाई लिएर भुसाल समर्थकहरुले पार्टी ‘प्रालि मोडल’मा गएकाले सामान्य आलोचनालाई पनि अस्वीकार गरेर यो प्रकृया अपनाएको प्रतिक्रया दिएका छन् भने संस्थापन लाइन नजिकका नेताहरुले पार्टी नेतृत्वलाई आन्तरिक रुपमा सुझाव सल्लाह दिनुपर्नेमा बाहिर प्रचार गर्ने काम पार्टी हितविपरीत भएको बताउँदै आएका छन् ।

Comments

5 responses to “भुसालमाथिको कारबाहीले एमालेमा खैलाबैला, पार्टीलाई ‘प्रालीकरण’ गरेको आरोप”

  1. ksp pyl Avatar
    ksp pyl

    आलाेचना कमिटिमा गर्ने कि टेलिभिजनमा ? अनुशासन, पार्टी नियम भन्ने थाहा छैन ? रिमाेट अन्तै छ जस्ताे छ ।

    1. Aid Equity Avatar
      Aid Equity

      एमालेमा मध्यम बर्गीय विचौलियाहरुको हनुमानगिरी अत्ति भयो ! सिद्धान्त र निष्ठाको राजनीति गर्ने सच्चा सिपाही लाई यसरि नै पाखा लगाउंदै गैराखेको प्रष्ट छ! कति कम्य्निस्टको खोल ओड्छौ हो एमाले का नेता कार्यकर्ता भनाउदाहरु?

    2. Aid Equity Avatar
      Aid Equity

      एमालेमा मध्यम बर्गीय विचौलियाहरुको हनुमानगिरी अत्ति भयो ! सिद्धान्त र निष्ठाको राजनीति गर्ने सच्चा सिपाही लाई यसरि नै पाखा लगाउंदै गैराखेको प्रष्ट छ! कति कम्य्निस्टको खोल ओड्छौ हो एमाले का नेता कार्यकर्ता भनाउदाहरु?

  2. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    घनश्याम भुसाल एमाले छोड्ने आधार बनाउँदैछन् अन्यथा आफ्नो कुरा राख्न पार्टी कमिटीका बैठकहरू बोलाउन माग गर्थे नकि बुर्जुवा सञ्चार माध्यममा पार्टीका विरुद्ध बोल्ने थिए। त्यसैले एमालेजनहरू भ्रममा नपरे हुन्छ।

    बुर्जुवाहरू एमालेमा अर्को विभाजन ल्याउन घनश्याम भुसालहरूलाई प्रयोग गर्दैछन्।

  3. Aid Equity Avatar
    Aid Equity

    घनस्याम भुसाल जत्तिको मान्छे अझै पनि भ्रस्ट हरुलाई सुधार्न सकिन्छ कि भनेर एमालेमै संघर्ष गरिराखेका छन् त्यसमा गर्ब गर हो हनुमानजी हरू कारवाही गर्ने त नैतिक धरातल छ तिमीहरुको एकचोटी आत्मसमिक्छ्या गर त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *