विश्व नम्बर एक स्वीयाटेक बनिन् फ्रेन्च ओपन च्याम्पियन

पेरिस । पोलिस खेलाडी इगा स्वीयाटेकले वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको उपाधि जितेकी छिन् ।

स्वीयाटेकले शनिवार साँझ भएको फाइनलमा कोको गौफलाई ६-१ र ६-३ को सोझो सेटमा हराइन्। २१ वर्षीय स्वीयाटेकको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो ।

१८ वर्षीय अमेरिकी किशोरीविरुद्ध प्राप्त जितपछि स्वीयाटेकले अपराजित यात्रा ३५ खेलमा ल्याइपुर्‍याएकी छिन्।

२१ औँ शताब्दीमा कुनै पनि महिला खेलाडीले डब्लूटीए प्रतियोगितामा यति धेरै खेल लगातार जितेका छैनन्।

स्वीयाटेकले आफूले खेलेका प्रतियोगिता लगातार छैटौँ पटक जितेकी हुन्।

ग्रान्डस्लाममा भने अन्तिम पटक उनले सन् २०२० मा फ्रेन्च ओपन नै जितेकी थिइन्।

स्वीयाटेकले खेलेका पछिल्ला ९ फाइनलमा हार बेहोरेकी छैनन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *