कमल थापाले भने- धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र समानुपातिक निर्वाचन प्रणाली

विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने आफ्नो पार्टीको प्रस्ताव रहेको बताएका छन् ।

विराटनगर पुगेर विभिन्न कार्यक्रममा सहभागी भएका अध्यक्ष थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दूराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,समानुपातिक निर्वाचन प्रणाली राप्रपा नेपालको प्रस्ताव रहेको बताए ।

उनले पार्टीको एजेन्डाको बारेमा धारणा राख्दै धार्मिक, सांस्कृतिक पक्ष र महत्त्व, आर्थिक अवधारणा, बेरोजगारी समस्या, बढ्दो भ्रष्टाचार, कुशासन लगायतको चर्चा गर्दै राप्रपा नेपाललाई मुलुकको वैकल्पिक शक्तिको रूपमा स्थापित गर्न प्रयासरत रहेको बताए ।

मुलुकको आर्थिक दुरावस्थाका कारण आगामी दिन झन् सड्ढटग्रस्त हुने तर्फ थापाले चिन्ता व्यक्त गरेका थिए ।

उनले समस्याको निकास दिन र मुलुकलाई असफलता बाट जोगाउन सबै क्षेत्रबाट दलीय स्वार्थ र वाद भन्दामाथि उठेर सोच्नुपर्नेमा जोड दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *