निजगढमा विमानस्थल चाहिँदैन भन्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । बाराको निजगढमा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न माग गर्दै राजधानी काठमाडौंमा प्रदर्शन भएको छ । प्रदर्शनमार्फत सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै निर्माणकार्य रोक्न माग गरिएको छ ।

टांगियाबस्ती सेवा समाज काठमाडौं र नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघले संयुक्तरुपमा प्रदर्शन गरिरहेका छन् । चर्कोरुपमा नाराबाजीसहित हातहातमा प्लेकार्ड बोकेर निस्किएको प्रदर्शन माइतीघरबाट निस्किएर नयाँ बानेश्वर पुगेको थियो ।

प्रदर्शमा सर्वोच्चको फैसला कार्यान्वयन, टांगियाबासीलाई जग्गा नापजाँच गरि लालपूर्जा वितरण, टांगियाबस्ती विकासका पूर्वाधार निर्माण गरी मूलधारमा ल्याउन, वन संरक्षण तथा सम्वद्र्धनको दिगो प्रयास लगायतका माग गरिएका छन् ।

सर्वोच्च अदालतको जेठ १२ गतेको फैसलाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरू बदर गरिदिएको थियो ।

न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल चाहिने भए अन्यत्र खोज्न आदेशसमेत दिएको थियो ।

Comments

5 responses to “निजगढमा विमानस्थल चाहिँदैन भन्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरु)”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    नेपालमा थोरै लगानी गरे विकास निर्माण रोक्न सकिन्छ भन्ने पछिल्लो उदाहरण अरूण तेस्रो, महाकाली टनकपुर, बुढी गण्डकी ,पन्चेश्वर बहुउद्देश्यीय आयोजना ,सेती जलविद्युत् आयोजना अरूण चौथो , अहिले निजगढ विमानस्थल , मेरो देशका न्यायाधीश वकिल सामाजिक अभियान्ता कठै तपाईंहरूले नियतवश रोक्नु भएको आयोजना ले नेपाल को बिकाश र सबृद्धि लथालिङ्ग गरेकोमा तपाईंहरूको सातपुस्ताले शान्ति नपाउन भगवान छन् भने यो अभिश्राप जिउदै देख्न आम नेपाली जनताले ।नेपालीको रोएको मन।

  2. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    नेपालमा थोरै लगानी गरे विकास निर्माण रोक्न सकिन्छ भन्ने पछिल्लो उदाहरण अरूण तेस्रो, महाकाली टनकपुर, बुढी गण्डकी ,पन्चेश्वर बहुउद्देश्यीय आयोजना ,सेती जलविद्युत् आयोजना अरूण चौथो , अहिले निजगढ विमानस्थल , मेरो देशका न्यायाधीश वकिल सामाजिक अभियान्ता कठै , तपाईंहरूले नियतवश रोक्नु भएको हो भने आयोजना ले नेपाल को बिकाश र सबृद्धि लथालिङ्ग गरेकोमा तपाईंहरूको सातपुस्ताले शान्ति नपाउन भगवान छन् भने यो अभिश्राप तपाईंहरूलाई जिउदै केही देख्न पाइयोस् आम नेपाली जनताले ।नेपालीको रोएको मन।

  3. भीम काेईराला Avatar

    विदेशी रकमकाे खेती ।

  4. Bhimbahadur Magar Avatar
    Bhimbahadur Magar

    ktm बाट 1/2 घन्टाको दुरीमा international airport बन्दैगर्दा कस्को अँखा बिझायो? यति धेरै मान्छे ktm मा भेला गरेर प्रदर्सन गर्न धेरैनै खर्छ गरे छ। बरु टागिया बसिलाइ काठमाडौं मै घर बासको बन्दोबस्त मिलाउ तर एअरपोर्ट बनाउ सरकार ।

  5. Ale babu Avatar
    Ale babu

    Airport banako ramro ni Khali ktm aaune paisa lutne Kam bahek khi vako xaina manpower, hotel Haru le. Yo desma chahi ramro bikash garne mana nai xaina.

Leave a Reply

Your email address will not be published. Required fields are marked *