सिलिण्डर ग्याँस पड्किएर तनहुँमा बालिकाको मृत्यु

तनहुँ । खाना पकाउने सिलिण्डर ग्याँस पड्किएर तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।

सिलिण्डर ग्याँसमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएकोे उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *