सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगरले स्थानीय तहको निर्वाचनमा राम्रो भूमिका खेलेको भन्दै कर्णालीमा खटिएका ४४ जना प्रहरीलाई प्रशंसापत्रद्धारा पुरस्कृत गरेको छ ।
१० जिल्लाको सुरक्षा नेतृत्वको जिम्मा पाएका एसपी/डिएसपीलाई पुरस्कृत गरिएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेका अनुसार अनुगमन टोलीमा खटिएका र निर्वाचन टोलीमा खटिएका ४४ जना प्रहरी अधिकारीलाई पुरस्कृत गरिएको छ। ‘हामीले यहाँ कुनै औपचारिक कार्यक्रम गरेर प्रशंसापत्र दिएका छैनौं ।’ उनले भने, ‘सम्बन्धित जिल्लामा पठाइदिएका छौं ।’

Leave a Reply