काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज टायरमा समस्या देखिएपछि अवतरण नसकी काठमाडौं फर्किएको छ ।
भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाजको टायरमा समस्या देखिएपछि आकाशबाटै फर्किएको हो ।
जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।
अहिले प्राविधिक जाँच भइरहेको उनले बताए ।

Leave a Reply