कैलालीमा श्रीमान् र श्रीमती मृत भेटिए

कैलाली । कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ बर्सिया पद्मा ऐर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

घटनास्थलको अवस्था हेर्दा श्रीमतीको हत्या पछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर, थप अनुसन्धान भइरहेको जोशीले जानकारी दिए ।

प्रहरीकाअनुसार शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *