महानगर कार्यपालिकाको पहिलो बैठकमै तनाव, बालेन्द्रलाई वडाध्यक्षले भने- प्रक्रिया सिकेर आउनुस् (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकमा विवाद उत्पन्न भएको छ । फोहोरमैलाको समस्या समाधानका लागि कार्यदल बनाउने निर्णय लिने क्रममा केही वडाध्यक्षले विवाद झिकेका हुन् ।

महानगर प्रमुख बालेन्द्र साहले आफ्नो नेतृत्वमा कांग्रेस र एमालेबाट दुई-दुई जना र समाजवादीबाट १ जना सदस्य रहने गरी कार्यदल बनाउने प्रस्ताव गरेका थिए । त्यही बमोजिम बैठकको निर्णय भन्दै प्रशासकीय प्रमुखले केही बुँदा पढेर सुनाए । फोहोर व्यवस्थापनको बारेमा गठिन कार्यदलको बैठक भोलि नै बिहान बस्ने भनियो । त्यसका लागि एमाले र कांग्रेसबाट दुई–दुईजनाको नाम दिन आग्रह गरियो । लगत्तै १६ नम्बरका वडाध्यक्ष मुकुन्द रिजालले आपत्ति जनाए ।

मेयरको प्रस्तावलाई छलफलबिनै पारित गरिएको भन्दै उनले विरोध जनाएका थिए । पार्टीगत आधारमा भागबण्डा गरिनु ठिक नभएको उनको भनाइ थियो । रिजालले बोल्दा केही वडाध्यक्षले टेबुल ठटाएर समर्थन जनाए ।

‘यो पार्टीको एक जना त्यो पार्टीको एक जना भाग लगाउने को हो तपाईं ?’ रिजालले चुनौति दिए, ‘यो तुरुन्तै फिर्ता लिनुस् ।’
त्यसपछि मेयर बालेन्द्रको अनुमति लिएर महानगरका प्रशासकीय प्रमुखले उक्त निर्णय फिर्ता लिइएको बताए ।

त्यसपछि केही वडाध्यक्षले बैठकमा निर्णय गर्ने प्रक्रियाबारे सिकेर आउन आग्रह गरे ।

एक वडाध्यक्षले भने, ‘बैठकको प्रक्रिया सिक्नुस । कसरी प्रस्ताव गरिन्छ, कसरी निर्णय गरिन्छ भन्ने अध्ययन गर्नुस् । तपाईंले पार्टीको नाम लिइरहनु आवश्यक थिएन ।’

वडाध्यक्षहरु आक्रामक बन्दा मेयर बालेन्द्र भने संयमितरुपमा प्रस्तुत भए । उपमेयर सुनिता डंगोल पनि शान्त भएर बसिरहिन् । पछि मेयर र उपमेयरबीच केही साउति भएको देखियो । सम्भवत सुनिताले बालेन्द्रलाई केही बोल्न सल्लाह दिइन् ।

बैठककाे अन्तिममा बाेल्दै मेयर बालेन्द्रले  आफू कसैलाई पनि पार्टीगत आधारमा हेर्ने पक्षमा नरहेको स्पष्टीकरण दिए । उनले यो प्रस्ताव मात्रै भएको र निर्णय भइनसकेको बताएर विवाद थामथुम गरे ।

Comments

10 responses to “महानगर कार्यपालिकाको पहिलो बैठकमै तनाव, बालेन्द्रलाई वडाध्यक्षले भने- प्रक्रिया सिकेर आउनुस् (भिडिओ)”

  1. मनोज प्याकुरेल Avatar
    मनोज प्याकुरेल

    इनले बालेन्द्रलाई राम्ररी काम गर्न दिंदैनन् । भोलि अर्को बैठकमा फेरि कुनै न कुनै बखेडा गर्छन् ।

  2. Kings budhathoki Avatar
    Kings budhathoki

    जनताले ठुलो आशा भरोसा गरेर जितायो तर पहिलो गास मै ढुङ्गा लाग्यो।स्वतन्त्र बाट जितेको बालेन लाई कहाँ बाट आयो यो पाटि र त्यो पाटिको मान्छे।राख्ने भन्ने सोच यो त कुनै पाटि बाट जितेको मेयर जस्तो भयन र

  3. प्रशन्ना Avatar
    प्रशन्ना

    संसदको रोइलो फिका गराउने गरी यता पो रमाइलो देखिने भयो

  4. नर बहादुर ठकुरी Avatar
    नर बहादुर ठकुरी

    युवाको मनोबल घटाउने काम नहोस,जे जसरी भएपनी ठोस निर्णय हुनु पर्यो,कपाल फुल्दैमा बूढो भइदैन ।बुढाले चलाएको नगरपालिका देखिइसक्यो अब …..।

  5. गोकुल लामिछाने Avatar
    गोकुल लामिछाने

    यो दलका झोले हरु काम गर्न देलान जस्तो छैन ।

  6. Dnine shahi Avatar
    Dnine shahi

    Yo sab party ka jholay haru hun balanlai ramro sanga kaam garna dedaina ye chor haru sab chor woda aadixay haru

  7. Me Avatar
    Me

    Aba yo fata haru lai pani wodaa bataw mukta garna parxa yesari nai badhardai jana parxa ani balla ramro hunxa

  8. Gyan Dilunchha, Avatar
    Gyan Dilunchha,

    माथिको इशारामा चल्ने दासहरुको काम छैन, त्यसतालाई त वडाका जनताहरुले ठिक लाउन पर्छ ती त काम नगर्ने र गर्न पनि नदिने पपेटहरु हुन, वडाबासिहरु अब त्यसताका भर नगरौं समयमै ठिक पार्ने काम गरौं,

  9. सुर्य मोहन पोखरेल Avatar

    नेपलकाे राजनीति कुराे एउटा काम अर्को हुने गर्छ ।तिनी नेताले जे सिकाएका छन त्यहि गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *