काठमाडौं । सम्पर्कविहीन तारा एयरको विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए । जसमा दुईजना तेस्रो मुलुकका र चारजना भारतीय नागरिक थिए । उक्त विमानमा अर्का पाइलट वसन्त लामा पनि सवार थिए ।
यती एयरकै पाइलट लामा बिदा मनाउन जोमसोम जान लागेका थिए । पाइलट लामाले आइतबार बिहान आफ्नो ड्यूटी सकेर बिदा मनाउन भनी जोमसोमतर्फ हिँडेका थिए ।
यती एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जोमसोम जानुअघि पाइटल लामाले चार उडान भरेका थिए । बिहान विमान उडाएर पछि पाइलट प्रभाकर प्रसाद घिमिरेलाई हस्तान्तरण गरेका थिए । सोही उडानमार्फत उनी जोमसोमतिर लागेका थिए ।
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको ट्वीनटर विमान अहिले सम्पर्कविहीन छ । तारा एयरका सिनियर क्याप्टेन घिमिरेले विमान उडाइरहँदा सह-पाइटल उत्सव पोखेरेल र एयरहोस्टेज क्रिस्मी थापा साथमा थिइन् ।
सम्पर्कविहीन बनेको विमानमा सवार यात्रुको नामावली सार्वजनिक भएको छ । जसमा पाइलट लामाको पनि नाम छ । उक्त विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन बनेको थियो ।
यती एयरका प्रवक्ता बर्तौलाले विमानबारे अहिलेसम्म केही पत्ता नलागेको बताए । ‘बाहिर हल्ला धेरै फैलिरहेको छ । तर, अहिलेसम्म विमान फेला पारेका छैनौं । खराब मौसमका कारण खोजीकार्यमा समस्या भइरहेको छ,’ प्रवक्ता बर्तौलाले भने ।

Leave a Reply