कृतिकाको कप्तानीमा यु-१९ महिला विश्वकप छनोटका लागि नेपाली टीमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले कृतिका मरासैनिको कप्तानीमा यू–१९ महिला विश्वकप छनोटका लागि नेपाली टीमको घोषणा गरेको छ ।

दक्षिण अफ्रिकामा २०२३ मा पहिलो पटक आयोजना हुन लागेको महिला विश्वकपका लागि एसियन रिजनको छनोट आगामी जुनमा मलेसियामा हुँदैछ ।
त्यसका लागि क्यानले अन्तिम टीम शनिबार घोषणा गरेको हो ।

पहिलो चरणमा ४४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको क्यानले दास्रो चरणको प्रशिक्षणका लागि १८ खेलाडीलाई बोलाएको थियो ।

एसिया रिजन छनोटमा नेपालसहित मलेसिया, युनाइटेड अरव इमिरेट्स(यूएई), थाइल्यान्ड, चिन, भुटान, म्यानमार र कतारले प्रतिस्पर्धा गर्नेछन् । शिर्ष स्थानको टोलीले विश्वकपमा स्थान बनाउँनेछ ।

नेपाली टीमः
कृतिका मरासैनि(कप्तान), स्नेहा महरा, सृष्टी जैसी, मनिसा उपाध्याय, मनिसा राना मगर, अलिसा यादव, साना प्रभिन, रन्जु श्रेष्ठ, आस्मा पुलामि मगर, सानु राजवंशी, किरण कुँवर, अन्जली विक, अनु कठायत, सुस्मिता भुसाल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *