बाइडेनले एसिया छोडेको केही घण्टामै उत्तर कोरियाले प्रहार गर्‍यो क्षेप्यास्त्र

काठमाडौं । उत्तर कोरियाले बुधबार बिहान तीनवटा ब्लास्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाको सुनन क्षेत्रबाट उक्त क्षेप्यास्त्र प्रहार भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानमा आयोजित क्वाड सम्मेलनमा भाग लिई अमेरिका फर्किएको केही समयमा उक्त क्षेप्यास्त्र प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

क्वाड सम्मेलनमा भाग लिन जापान पुगेका बाइडेनले उत्तर कोरियाको हतियार परीक्षण कार्यलाई रोक्ने उपायहरू बलियो बनाउने बाचा गरेका थिए । यद्यपी उत्तर कोरियाले यस वर्षको सुरुवात देखिनै हतियार परीक्षण कार्यलाई थप तीव्रता दिदै आएको छ ।

बुधबार बिहान उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको जापानले पनि पुष्टि गरेको छ । उत्तर कोरियाले बुधबार बिहान २ वटा क्षेप्यास्त्र प्रहार गरेको देखिएको र त्यो भन्दा बढी क्षेप्यास्त्र प्रहार भएको हुनसक्ने पनि जापानको भनाई छ ।

जापानका रक्षामन्त्री नोबुओ किसीका अनुसार पहिलो मिसाइलले ५५० किमीको अधिकतम उचाइमा करिब ३०० किलोमिटर (१८६ माइल) दुरी तय गरेको थियो भने दोस्रो क्षेप्यास्त्रले ५० किमीको अधिकतम उचाइमा ७५० किलोमिटरको दुरी तय गरेको थियो । किसीले उत्तर कोरियाको उक्त कार्यको विरोध गर्दै यसले जापान सँगसँगै विश्व समुदायकै सुरक्षामा प्रश्न गरेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *