बिहे गर्न तयार भएकी राखीलाई प्रेमीको घरबाट अस्वीकार

काठमाडौं । राखी सावन्तले आफ्नो वर्तमान प्रेमी आदिललाई पूर्व प्रेमिका दुर्रानीको फोन आए लगत्तै आदिलसँग विवाह गर्ने घोषणा गरेकी छिन् । राखीले यसै महिनाको सुरुवातमा आफ्नो नयाँ सम्बन्ध सार्वजनिक गर्नुका साथै आफूभन्दा ६ वर्ष कान्छो भएको खुलासा पनि गरेकी थिइन् ।

रोशिना डेल्वरी राखीको वर्तमान प्रेमी आदिल दुर्रानीको पूर्व प्रेमिका हुन । रोशिना र आदिल चार वर्षसम्म रिलेसनशीपमा थिए । आदिलको पूर्व प्रेमिकाले एक्कासि फोन गरेको बारे राखी भन्छिन्, ‘रोशिनाले मलाई गरेको कल गरेकी थिइन् तर आदिल सिर्फ मेरो मात्र हो। आदिल र म छिट्टै बिहे गर्न जाँदै छौँ।’

अर्को अन्तर्वार्तामा राखीले आदिलको परिवारले आफूलाई अझै स्वीकार नगरेको खुलासा गरेकी छिन। ‘म एकदमै ग्ल्यामरस व्यक्ति हुँ। उसको परिवारलाई मेरो पहिरन मन पर्दैन,’उनले थपिन्।

राखीले गत वर्ष सलमान खानको रियालिटी शो ‘बिग बोस १५’ मा देखा पर्दा आफूले रितेशसँग विवाह गरेको दाबी गरेकी थिइन्। रितेश र राखीको सन् २०१९ मा विवाह भएको बताइएको छ । रितेश सिंह बिग बोस १५ को घरमा वाइल्ड कार्ड प्रतियोगीका रूपमा प्रवेश गरेका थिए । यद्यपि चाँडै नै रितेशकी पहिलो पत्नीले उनीमाथि घरेलु हिंसाको आरोप लगाएको खुलासा भयो। राखीले त्यो आरोपमा उनको बचाउ पनि गरिन् तर केही समयपछि आफू रितेशबाट अलग भएको र उनीहरूको विवाह कहिल्यै मान्य नभएको घोषण गरिन।

राखीले अप्रिलको अन्त्यमा एक भिडियो पोस्ट गर्दै आफ्ना फ्यानहरूलाई आफ्नो शरीरमा हानेको ट्याटु ‘रितेश’ हटाएको जानकारी गराएकी थिइन्। उक्त भिडियोलाई ट्याटु स्टुडियो भित्र नै खिचिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *