बैतडीमा किशोरीको शव फेला, हत्याको आशंका

कैलाली । वैतडीमा १७ वर्षीया किशोरीको शव फेला परेको छ । बुधबारदेखि बेपत्ता भएकी दोगडा केदार गाउँपालिका–७ की भागिरथी भट्टको शव घरनजिकैको जंगलमा बिहीबार साँझ फेला परेको हो ।

खोजी गर्ने क्रममा घर नजिकैको लवलेक सामुदायिक वनमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण प्रसाद अधिकारीले जानकारी दिए।

विद्यालयबाट घर फर्कने क्रममा वेपत्ता भएको आशंका गरिएकी उनको शव विद्यालय पोसाकमै फेला परेको छ । बिशोरीको हत्या गरी जंगलमा फालेको हुनसक्ने अनुमान स्थानीयवासीको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । ‘हामीले छानविन सुरु गरेका छौं । छिट्टै सत्यतथ्य सार्वजनिक गरिहाल्छौं,’ डीएसपी अधिकारीले भने

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *