काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा कार्यालय र राजश्व विभागको कार्यालय आइतबार पनि खुल्ने भएको छ ।
महानगरपालिका अन्तर्गतका राजश्व विभाग र वडा कार्यालयहरु सार्वजनिक बिदा (आइतबार) का दिन बिहान ८ बजे बजेदेखि ११ बजे बजेसम्म खुल्ला रहने भएको हो ।
महानगरले एक सूचना जारी गर्दै महानगरको ३२ वटै वडा र राजश्व कार्यालय खुला रही कार्यालय सञ्चालन हुने जनाएको छ ।
शनिबार र आइबार लगातार दुई दिन बिदा दिँदा सेवाग्राहीलाई समस्या हुने भएपछि सार्वजनिक बिदाको दिन पनि केही समयको लागि भएपनि कार्यालय खुलाएको विभागीय प्रमुख महेश काफलेले बताए ।
सरकारले जेठ १ गते देखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।


Leave a Reply