काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धदेखि शान्ति कालसम्मका आफ्ना पूर्व सहकर्मी रामहाबदुर थापा बादलप्रति तीव्र कटाक्ष गर्दै पतनको घीनलाग्दोपना प्रदर्शन गरेको आरोप लगाएका छन् ।
कुनै एक ब्लगको लिंक शेयर गर्दै अध्यक्ष प्रचण्डको आधिकारिक ह्यान्डलबाट बादलप्रति आक्रोश र घृणा प्रकट गरिएको हो । सो लिंकको हेडलाइनमा केपी ओली युवाहरूको मात्रै होइन विचार आस्थाका पनि बा हुनुहुन्छ भनेर बादलको फोटा राखिएको छ ।
त्यसैमाथि टिप्पणी गर्दै प्रचण्डको फेसबुक पेजबाट यस्तो कमेन्ट गरिएको छ–स्खलनको चरमता यही आस्थाका बा थिए भने २०५१ मै केपीको भजन गाएको भए हुने ।
लाखौँ युवालाई सपना देखाएर आज तीनै सपना बलात्कृत गर्ने बाहरूको चाकरी गर्न अलिकति पनि लज्जा लाग्दैन ? पतनको यो घीनलाग्दोपना किन प्रदर्शन गरी राख्छौ ?
यद्यपि यो समाचारको लिंक खुल्दैन र यसमा भनिए अनुसार बादलले कतै बोलेको समाचार कतै आएको पनि छैन ।

Leave a Reply