चितवनमा हावाहुरीको वितण्डा : रुख ढल्दा अटोरिक्सामा सवार तीन जनाको मृत्यु

चितवन । जिल्लामा साँझ आएको हावाहुरीका कारण अटो रिक्सामा सवार तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । फरक फरक ठाउँमा भएको दुर्घटनामा परी तीनको मृत्यु भएको हो ।

चरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटो रिक्सामा सवार दुईको भोजाडमा मृत्यु भएको हो भने भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन् । रुख ढल्दा अटोमा लागि दुर्घटना भएको उनले बताए ।

घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उनले जानकारी दिए । उनका अनुसार हावाहुरीका कारण जिल्लाको विभिन्न स्थानमा रुखहरू ढल्ने र पोलहरू ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक अवरुद्ध भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *