निर्वाचनको हप्ता दिनपछि कांग्रेसले भन्यो- बुढीगंगामा पुनः मतदान हुनुपर्छ

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले निर्वाचन सकिएको १ सातापछि बाजुराको बुढीगंगा नगरपालिकामा पुनः निर्वाचन गराउन माग गरेको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सो नगरपालिकाका विभिन्न मतदान केन्द्रहरूमा नेकपा एमालेका कार्यकर्ताहरूले बुथ कब्जा गरी फर्जी मत हालेको आरोप लगाएका छन् ।

कांग्रेसले बुढीगंगा नगरपालिकामा भयरहित र निष्पक्ष निर्वाचन हुन नसकेकोले पुनः मतदान गराउन माग गरेको हो ।

‘निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र पारदर्शितामा गम्भीर चुनौती दिँदै यस किसिमको जघन्य घटनामा संलग्न उपर कानुन बमोजिम कडा कारबाहीको माग गर्दै नेपाली कांग्रेस त्यसरी कब्जा गरिएका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा पुनः मतदानको व्यवस्था तत्काल मिलाउन निर्वाचन आयोगसमक्ष अनुरोध गर्दछ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

विवादका कारण हालसम्म सो पालिकाको मतगणना सुरु भएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *