काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बलात्कार मुद्दामा हदम्यादको व्यवस्था हटाउनुपर्ने बताएका छन् ।
पुराना घटनाहरुमा हदम्यादकै कारण प्रहरीले उजुरी नलिँदा पीडितले न्याय नपाउने र पीडकले उन्मुक्ति पाउने अवस्था निर्माण हुने पौडेलको भनाइ छ ।
‘मुलुकी अपराध सहिंता २०७४ र बालबालिकासम्बन्धी ऐनमा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकिएको छ । पीडितहरु प्रताडनाबाट गुज्रने गरेको पाइएको छ । बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मुक्ति पाउने अवस्था छ । यस्ता अपराधमा समयसीमाको हदम्याद तोकिनुहुन्न’, पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
एक युवतीले सामाजिक सञ्जालमार्फत ८ वर्ष पुरानो ‘यौन हिंसाको घटना’ सार्वजनिक गरेपछि उजुरीको हदम्यादको व्यवस्था हटाउन दबाब बढ्दै गएको छ ।

Leave a Reply