अवकाश पाउनु दुई दिनअघि लामा एआईजीमा बढुवा

काठमाडौं । उमेर हदका कारण शनिबार मध्यरातदेखि अवकाश पाउन लागेका नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) बसन्तकुमार लामा अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । त्यसअघि बैशाखको अन्तिम साता उनलाई एआईजीमा बढुवा गर्न सिफारिस भएको थियो ।

एआईजीमा ५ दरबन्दी खाली रहेको अवस्थामा लामाको मात्र एकल बढुवा सिफारिस भएको थियो । लामालाई शुक्रबार नै दर्ज्यानी चिन्ह लगाइदिन तयारी गरिएको छ ।

शनिबार सार्वजनिक बिदा हुने भएकाले उनलाई शुक्रबार नै दर्ज्यानी चिन्ह लगाइदिन लागिएको हो । २०४९ चैतमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका लामा ५६ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *