कोर एरियाको पहिलो अपडेटः २०० मत गन्दा स्थापित एक्लैले ल्याए ११८

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर एरियाभित्र पर्ने यो वडामा एमालेका केशव स्थापितले सुरुवाती अग्रता लिएका छन् ।

यो वडा महावौद्ध क्षेत्र पर्छ ।

हामीलाई प्राप्त पहिलो अपडेट अनुसार २०० मत गन्दा स्थापित एक्लैले ११८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार बालेन साहको ३२ मत आएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ मत मात्र प्राप्त गरेकी छन् ।

Comments

4 responses to “कोर एरियाको पहिलो अपडेटः २०० मत गन्दा स्थापित एक्लैले ल्याए ११८”

  1. कमलीकान्त भेटुवाल, लोकगायक Avatar
    कमलीकान्त भेटुवाल, लोकगायक

    मन्दिरै मन्दिरको सुन्दर शहर काठमाण्डौ ले केशव स्थापित नै हो सम्झने। भाईरल आतङक हैन, धैर्य गरौँ ,हिरो भनेको हिरै हो। मुुलको पानी सुकिहाल्दैन,बरु रसाईरहन्छ। नेपाल प्रेस मार्फत निश्पक्ष समाचार पढ्न पाईन्छ, जहाँ छन् नेपाली, त्यहाँ नेपालप्रेस डट कम।

    1. Achyut Avatar
      Achyut

      यो त केवल नेपाल प्रेसको बजारीकरण गर्न प्रयोग गरिएको जस्तो लाग्यो । निस्पक्ष र ततस्थ विचार सम्प्रेषण भएको भन्ने भान परे जस्तो छ ।

  2. Sushant Bishwas Avatar
    Sushant Bishwas

    Wow. Such a good news. Hope Kathmandu wins. Lots of love to Keshav Sthapit. Nepal Press has always published good news like this. Thank you team.

  3. उमेश थापा Avatar
    उमेश थापा

    एउटै समाचारले तेस्तो उत्साहित हुनुपर्ने पनि के होला र तेस्तो केबल आफ्नो मनलाई बुझाउने बाहेक। स्थापितले भाेट ल्याउन महाबौद्ध नै पुग्नुपर्ने तेस्तो के काम गरेका होलान र खै? उसै त मत मतान्तरकाे फरक ठ्याक्कै १२ हजार र २४ हजारको छ, केशव Vs बालेनको। बिचरा २५ बर्ष अगाडि माइतीघर मण्डला बनाएको, पशुपतिनाथको जग्गा खालि गराएको, बाग्मती करिडोर खोलेको अनि काठमाण्डुकाे बाटो ठुलो गराउन अर्काको घर भत्काएको नारा लिएर मात्र स्थानीय तहको निर्वाचन जितिएला त प्रभु। स्थानिय तह त निर्दलीय हुनुपर्छ जहाँ कसैले कामको विरोध गर्न पाउँदैन। हाम्रा स्थापित बाजे आफु प्रतिकूल हुँदा कहिले राजासँग मिलेर फेरि मेयर भका छन, कहिले माओवादीसँग मिलेका छन् अनि फेरि कहिले नेकपा मलेसँग मिलेर अन्तमा फेरि ओलि नेकापामै आएका छन। तेस्तो अस्थिर मस्तिष्क भएकाले यत्रो दिनसम्म थन्केको काठमाण्डौको फोहोर कसरी तह लगौलान खोई, यदि मेयर जितेको खण्डमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *