चितवन । स्थानीय तह निर्वाचनको चर्चाको केन्द्र रहेको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायम राख्दै १०६३७ मत प्राप्त गरेकी छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ८७५४ मत ल्याएका छन् । दुईजनाबीचको मतान्तर १८८३ छ । मेयरमै लडेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेको ४७९० मत छ ।
उपमेयरमा गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५६०४ मतले अगाडि छन् । उनले १२७१७ मत ल्याउँदा एमालेसँग गठबन्धनमा राप्रपाकी उम्मेदवार हिमला गुरुङ्गले ७११३ मत प्राप्त गरेकी छन् ।
अहिलेसम्म २९०४७ मत गनिसकिएको छ ।

Leave a Reply