प्रचण्डको दाबी : केपीले गर्ने पञ्‍चर्‍याली हामीले गरेको जनआन्दोलन (भिडियो)

काठमाडौं । विभाजित नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आफूहरूले गरेको संघर्ष जनआन्दोलन भएको दाबी गरेका छन् ।

नेकपाको ओलीपक्षबाट काठमाडौंमा शुक्रबार आयोजना गरिएको जनसभाको पूर्वसन्ध्यामा तपाईंहरूले गरेको आम हड्तालले मुठभेडको बाटोतर्फ धकेल्दैन ? भन्‍ने पत्रकारको प्रश्नको जवाफमा उनले सरकार आफैंले जुलुस निकालेर हिजोको पञ्‍चर्‍यालीको झल्को दिएको टिप्पणी गरे ।

‘सरकारले जसरी संविधान मिच्ने र दिउँसै रात पार्ने काम गरेको छ । सबैले विरोध गरेका छन् । हिजो पञ्‍चायतको बेलामा पैसामा खरिदेर ठूलाठूला र्‍याली हुन्थे । त्यो निभ्ने बेलाको बत्ती थियो’ प्रचण्डले भने, ‘आफैंले संविधान मिच्ने । आफैंले लोकतन्त्रमाथि प्रहार गर्ने । अनि सरकार आफैंले मान्छे बटुलेर जुलुस गर्ने भनेको पञ्‍चर्‍यालीबाहेक केही होइन । हामीले गरेको जनआन्दोलन हो । केपीजीले गर्ने भनेको पञ्‍चर्‍यालीबाहेक केही पनि हुँदैन ।’

Comments

One response to “प्रचण्डको दाबी : केपीले गर्ने पञ्‍चर्‍याली हामीले गरेको जनआन्दोलन (भिडियो)”

  1. nagendra Avatar
    nagendra

    जनताले केही गर्लाउ कि भनेर आश गरेर अली धेरै मत दिए, धेरै जना साम्सद बनाए, तिमीहरुले त्यही संख्यामा चल्खेल गरेउ, भाले हुने भन्थेउ, भाले भएर टोक्न चिथोर्न नङ्र्याउन कोपर्न र उठिबास लगाउन त्यही सन्ख्या प्रयोग गरेउ, जनताको विश्वाशमा घात गरेउ !! तिमीलाई चिनिसकेका थिए पहिले नै जनताले तर तिमीले नमाने पनि सत्य के हो भने, ओलिले सबै अपजश खपेर तिमीलाई टाउकामा राखेको हुन, तिमी तिनैको घाटि काट्न लागेउ !! सबै कुरा प्रस्ट छन !! सानु त्यो कम्जोर संख्या, फगत सन्ख्यामा चलेको तिम्रो चर्तिकला अब अन्त हुँदै छ, धेरै बुल्किएु दाहाल तिमी, राजनैतीक रुपमा तिम्रो अन्त आव्स्येक भएको छ र त्यो छिट्टै हुँदै छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *