बुटवल १ वडामा स्वतन्त्र उम्मेदवार जित नजिक, मेयरमा सत्ता गठबन्धन अगाडि

रुपन्देही । बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै रहेको छ । वडा नं १ को १४०० मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले ६०३ मत प्राप्त गरेका छन्।

उनलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत प्राप्त गरेका छन् । एमालेका बाबुराम भट्टराईले २३९ मत ल्याएका छन् ।

यस्तो छ बुटवल उपमहानगर १४ सय गणनाको परिणाम

प्रमुख
गठबन्धन (कांग्रेस) खेलराज पाण्डेः ६०३
राप्रपा मृगेन्द्र शेरचनः ३०२
एमाले बाबुराम भट्टराईः २३९

उपप्रमुख
गठबन्धन (एकीकृत समाजवादी) चीनबहादुर गुरूङः २४३
एमाले सावित्रा अर्यालः २९४
राप्रपा भगवती पाण्डेः ३१९

वडा नं १ मा वडा अध्यक्ष
स्वतन्त्र उम्मेदवार पुतली: ४७६
एमाले: ३८४
कांग्रेस: २४२

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *