रौतहटका विभिन्न मतदान केन्द्रमा मतपेटिका लुटियो

काठमाडौं । रौतहटका विभिन्न मतदान केन्द्रमा मतपेटिका लुट्ने र आगजनी गर्ने काम भएको छ ।

मतदानको समय सकिए पछि जिल्लाका विभिन्न स्थानमा मतपेटिका लुट्ने र आगजनी गर्ने कार्य भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार जिल्लाको बोधीमाई नगरपालिका वडा नं. २ मा तीन मतपेटिका लुटिएको र ती मतपेटिकामा आगजनी गरिएको छ ।

सो घटनामा एक जना प्रहरी पनि घाइते भएको जनाकारी आए पनि उसको अवस्था बारे जिल्ला प्रहरी कार्यालयमा जानकारी नभएको प्रहरीको भनाई छ ।

जिल्लामा धेरै मतदान केन्द्रमा मतपेटिका लुट्ने र आगजनी भई रहेकाले सुरक्षा निकाय व्यस्त रहेका कारण सबै स्थानको विवरण आई नसकेको प्रहरीले जनाएको छ ।

यता यमुनामाई गाउँपालिकाको वडा नं. १ बाट मतपेटिका लुटी बाहिर निकाली तोडफोड गरिएको मतदान अधिकृत हरि प्रसाद शर्माले जनाकारी दिए ।

वडा नं.१ को केसरिया मतदान केन्द्रका तीन वटै मतदान स्थलको मतदान रद्द गरिएको उनको भनाइ छ ।

Comments

One response to “रौतहटका विभिन्न मतदान केन्द्रमा मतपेटिका लुटियो”

  1. rewati Bhattarai Avatar
    rewati Bhattarai

    खै देशको सुरक्षा निकाय?? अनि किन यातो भयो कारण जान्न जरुरी छ, जनता के चाहान्छन?? जन आवाज के छ खै स्थानिय जनप्रतिनिधिले बुझेको र सुरक्षा गर्न नसकेको?? धिकार छ!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *