काठमाडौंमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलङ्की चोकमा टिपरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेँशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो ।

उक्त दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता ललितपुर महानगरपालिका–२४ घापाखेल बस्ने सिरहाका २६ वर्षीय भीम विकको करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने नारायण घिमिरेको निर्माणाधीन ती तले घरको माथिल्लो तलामा काम गर्ने क्रममा मङ्गलवार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *