मौन अवधिमा सामाजिक सञ्जालका बुष्ट पोष्ट हटाउन र भीएएस सेवा नगर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सबै उम्मेदवार तथा फ्यानलाई मौन अवधि शुरु हुन अगाडि सामाजिक सञ्जालका त्यस्ता पेजमा भएका निर्वाचन आचारसंहिता विपरीतका चित्र तथा पोष्ट हटाउन र नयाँ पोष्ट नगर्न निर्देशन दिएको छ । आयोगले त्यसको आवश्यक नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो ।

स्थानीय तह सदस्य निर्वाचनको मौन अवधिमा वैशाख २७ गते राती १२ बजेदेखि उम्मेदवार र उनीहरूका फ्यानका फेसबुक, ट्वीटर, टिकटक लगायतका पेजमा बुष्ट पोष्ट हुन सक्ने भन्दै यस्तो निर्देशन दिएको हो ।

यस्तै आयोगले स्थानीय तह निर्वाचनको मौन अवधिमा विभिन्न टेलिकम सेवा प्रदायक मार्फत भीएएस सेवा प्रदायकबाट मौन अवधिमा कुनै पनि प्रचारप्रसार हुने प्रकृतिको बल्क एसएमएस सेवा सम्बन्धी काम नगर्न पनि निर्देशन दिएको छ । त्यसका लागि सम्बन्धित भीएएस सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणमार्फत आयोगले आवश्यक निर्देशन दिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *