नेपाल प्रेसका प्रधान सम्पादक पौडेललाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान (भिडिओ)

काठमाडौं । नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेल राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६ बाट पुरस्कृत भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पौडेललाई सो पुरस्कारको लागि छनौट गरेका थियो ।

शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधान सम्पादक पौडेललाई प्रमाणपत्रसहित पुरस्कार हस्तान्तरण गरेकी हुन् ।

त्यस्तै सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पौडेललाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सरकारले हरेक वर्ष राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा दुईजना वरिष्ठ पत्रकारलाई वरिष्ठ पत्रकार सम्मान र अन्यलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने गरेको छ ।

पौडेलसहित बालकुमार नेपाल, दिलिप थापा मगर, शीतल साह, दुर्गाप्रसाद शर्मा, पुनम पौडेल, नितु पण्डित, हेमन्त विक, डिआर पन्त, ठाकुर बेल्बासे पनि पुरस्कृत भएका छन् ।

वरिष्ठ पत्रकार सम्मानबाट किशोर नेपाल, तारानाथ दाहाल, शार्दूल भट्टराई, रघु मैनाली, हर्ष सुब्बा, स्वर्गीय अग्निशीखा सम्मानित भएका छन् ।

Comments

2 responses to “नेपाल प्रेसका प्रधान सम्पादक पौडेललाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान (भिडिओ)”

  1. होमनाथ पौडेल Avatar

    हार्दिक हार्दिक बधाई नेपाल प्रेस समुहलाई

  2. कमलीकान्त भेटुवाल, लोकगायक Avatar
    कमलीकान्त भेटुवाल, लोकगायक

    हार्दिक बधाई आदरणीय व्यक्तित्व मात्रिका पौडेल सर। हजुरले आफ्नो बौदीक कलम मार्फत समाजलाई दिनुभएको सकरात्मक सन्देशबापत को यो सम्मानलाई नेपाली जनता अरु थप गौरवान्वित भएका छन्। http://www.nepalpress.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *