नेकपा एसको निर्णय- गठबन्धन नभएका र आफ्ना उम्मेदवार पनि नउठेका स्थानमा एमालेविरुद्ध मतदान गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन नभएको र आफ्नो पार्टीको एकल उम्मेदवार पनि नभएका स्थानीय तहमा एमालेविरुद्ध मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

अध्यक्ष माधवकुमा नेपालको अध्यक्षतामा मंगलबार साँझ बसेको सचिवालय बैठकले नेकपा एससँग गठबन्धन नभएका तथा आफ्ना उम्मेदवार पनि नभएका पालिकामा ‘दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने’ निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले विज्ञप्तिमार्फत जनाएका छन् ।

नेकपा एसले एमालेको नाम नलिइ गठबन्धनमा आफूहरु नभएका ठाउँमा पनि उसका विरुद्ध मतदान नगर्न भनेको हो । बैठकले गठबन्धन दलबीच सहमति कायम गर्न अझै पनि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको छ ।

महानगरपालिका तथा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको भुसालले बताएका छन् ।

Comments

3 responses to “नेकपा एसको निर्णय- गठबन्धन नभएका र आफ्ना उम्मेदवार पनि नउठेका स्थानमा एमालेविरुद्ध मतदान गर्ने”

  1. ksp pyl Avatar
    ksp pyl

    सिधा काँग्रेसलाई भाेट हाल भने भैहाल्याे नि । माधव नै काँग्रेसकाे पाउमा लम्पसार परेपछि काँग्रेस नै भैसकेयाे समाजवादी अब । तर जनताले मूल्याँकन गरिरहेका छन् भारतीय दलालहरूलाई ।

  2. Rabin Avatar
    Rabin

    कांग्रेसमा प्रबेस गरे हुन्छ माकुने लाल गद्दार !

  3. बिष्णु Avatar
    बिष्णु

    यो भारत सन्चालित काङ्ग्रेसको दलालले के बोल्छ त्यो टुङ्गो काङ्ग्रेसलाई मात्र थाहा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *