कहाँ-कहाँ भयो केन्द्रीय गठबन्धनभन्दा फरक दलबीच चुनावी तालमेल ?

काठमाडौं । वैशाख १६ गते शुक्रबार बसेको पाँचदलीय बैठकले गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय सबै जिल्लाहरुमा निर्देशन गरेको थियो । तर स्थानीय पार्टी तथा कार्यकताको चाहनाअनुसार देशका विभिन्न स्थानमा केन्द्रीय गठबन्धनको निर्देशन अवज्ञा भएको छ ।

बाजुराको बुढीनन्दा, प्युठानको झिमरुक, सिन्धुपाल्चोकको सुनकोशीलगायत केही पालिकामा एमाले–माओवादीबीच चुनावी तालमेल भएको छ । त्यस्तै झापाको कचनाकबल र रोल्पाको माडीमा एमाले–कांग्रेसबीच तालमेल हुने भएको छ ।

केन्द्रको निर्देशनलाई नमान्दै स्थानीय पार्टी कमिटीले सन्धुपाल्चोकको मेलम्चीमा कांग्रेस–राप्रपा तालमेल गरेका छन् । झापाको दमकमा गठबन्धन र राप्रपाले तालमेल कायमै राखेका छन् ।

त्यस्तै, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालकामा एमाले र जसपाबीच गठबन्धन कायम रहेको छ । नुवाकोटको किस्पागं गाँउपालिकामा एमाले र माओवादीबीच तालमेल भएको छ भने सल्यानको कुमाखमा एमाले–काङ्ग्रेसको गठबन्धन बनेको छ ।

Comments

One response to “कहाँ-कहाँ भयो केन्द्रीय गठबन्धनभन्दा फरक दलबीच चुनावी तालमेल ?”

  1. रामलाल राजवंशी Avatar
    रामलाल राजवंशी

    समाचार लाई अलि खुराक दिन पर्ने देखियो अझेै खोज्न पर्‍यो गुल्मी धुर्कोटमा पनि एमाले माओवादीको तालमेल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *