सिन्धुलीमा बोलेरो दुर्घटना तीन जनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सिन्धुलीबाट चकमके जाँदै गरेको बा.प्र. ०१–२६–च–०४५६ नम्बरको बोलेरो दुर्घटना भएको हो ।

आज दिउँसो भएको दुर्घटनामा एक महिला र दुई पुरुषको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तीन पाटन गाउँपालिका वडा नं. ९ अम्बोटेका ४५ वर्षीय तुलसीराम पहाडी, ५१ वर्षीय रामजी प्रसाद भण्डारी र कमलामाई नगरपालिका ७ माझी टारकी रुपा मगर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोकुमार लामाले जानकारी दिए ।

घटनामा सात जना घाइते भएका छन् । घाइतेको बेलघरी स्वास्थ्य केन्द्रमा उपचार भई रहेको उनको भनाइ छ ।

कति जना सवार थिए भन्ने अझैँ खुल्न सकेको छैन । बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ ।स

बोलेरो सडकबाट खसेर रुखमा अड्किएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *