कैलाली । कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ ।
आइतबार दिउँसो बिपतपुरशिविरमा आगलागी हुँदा ७० भन्दा धेरै घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।
अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशी जानकारी दिए ।
धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिकाको दमकलले आगो नियन्त्रणको प्रयास भइरहेको छ । घटना स्थलको निरीक्षणको लागि प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरू पनि घटना स्थल पुगिसकेका छन् ।
गहुको नालमा आगो लगाउने क्रममा बस्तीमा आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । हिजो र आजमा कैलालीमा ११ स्थानमा आगलागी भइसकेको छ ।

Leave a Reply