भारतद्वारा चिनियाँ नागरिकको भिजिट भिसा रद्द

काठमाडौं । भारतले चिनियाँ नागरिकलाई दिएको भिजिट भिसा रद्द गर्ने निर्णय गरेको छ । भारतीय संचार माध्यम द टाइम्स अफ इण्डियाले जानकारी गराए अनुसार भारतले चिनिया नागरिकलाई उप्लब्ध गराएको भिजिट भिसा अब देखि मान्य हुने छैन ।

भिजिट भिसा मान्य नभएता पनि चीन र भारतबीचको व्यापार र राजनीतिक भिसाको प्रावधान भने यथावत रहने भारतीय अधिकारीहरुले जनाएका छ्न् ।

टाइम्स अफ इण्डियाले दाबी गरे अनुसार चीनले कोभिड महामारीको बेला चीनदेखि भारत आएका लगभग २० हजार विध्यार्थीलाई हालसम्म पनि फिर्ता हुनका निम्ती भिसा जारी नगरे भारतले पनि यस्तो कदम उठाएको हो ।

चीनले थाइल्याण्ड, बंगलादेश लगायतका देशहरुका विद्यार्थीलाई भने चीन फिर्ता हुनको लागि भिसा जारी गरिसकेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *