हाई प्रोफाइल पोखराको मेयरमा टिकट पाएका लो प्रोफाइल एमाले उम्मेदवार

पोखरा । नेकपा एमालेले देशका ६ मध्ये विराटनगर बाहेक सबै महानगरपालिकाका उम्मेदवारको टुंगो लगाउँदै गर्दा पोखराको मेयर उम्मेदवार बनेका दीपक पौडेलको बारेमा धेरैले चासो राखे ।

राष्ट्रिय राजनीतिको चर्चा बाहिर रहेका पौडेल एकाएक पोखराको मेयरमा कसरी प्रस्तावित भए । उनको बारेमा धेरैले सोधी खोजी गरिरहेका छन् । पोखराकै मतदाता रहेका युवा संघका पूर्व उपाध्यक्ष माधव बास्तोला भने राष्ट्रिय राजनीतिमा चर्चित नभए पनि पौडेल पोखराको स्थापित र प्राज्ञिक व्यक्ति हुन् भन्छन् ।

एमालेको गण्डकी प्रदेश कमिटी सदस्य रहेका पौडेल शिक्षक आन्दोलनबाट स्थापित नेता हुन् । उनी शिक्षक संगठनको पूर्व उपाध्यक्ष हुन् । पौडेल लामो समयदेखि शिक्षक आन्दोलनमा आबद्ध थिए ।

पोखरा महानरपालिका १९ पुर चौरका पौडेल पछिल्लो समय पोखरामा पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारी गुटको लडाइमा कम सहभागी भए पनि केपी ओलीसँग निकट नेता हुन् । त्यसैले मुख्य प्रतिस्पर्धीलाई पाखा लाएर उनी मेयर उम्मेदवार बने ।

एमालेले पोखरा महानगरपालिकाको उपमेयरमा मञ्जु गुरुङलाई नै फेरि अघि सारेको छ । गुटविहीन उम्मेदवार खोज्ने क्रममा पौडेलको नाम एकाएक अघि आयो । चर्चामा कम रहेका पौडेलले गठबन्धनको सामना कसरी गर्छन् रु त्यो भने हेर्न बाँकी छ ।

Comments

2 responses to “हाई प्रोफाइल पोखराको मेयरमा टिकट पाएका लो प्रोफाइल एमाले उम्मेदवार”

  1. काजी Avatar
    काजी

    मेयरमा मन्जु गुरुङलाई(पोखराको गुरुङहरुको अधिकांश भोट आउने संभावना धेरै थियो)र उपमेयर धनराज आचार्यलाई दिएको भए बिजय सुनिश्चित थियो, पार्टी हेरेर भोट दिने बाहेक ब्यक्तित्व हेरेर एक भोटपनि बढी मेयरमा आउने देखिएन

  2. विमल नेपाल Avatar
    विमल नेपाल

    श्री काजी।
    एसपाको धनराज आचार्यलाई एमालेले कसरी दिने? दिपक पौडेल भन्ने व्यक्ति हामीले पो नचिन्ने होला, एमालेका मानिसले, पोखराका, पुरनचौरकाले त चिन्दा हुन्‌ नि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *