लोसपाबाट जनकपुरधाम मेयरमा चौधरी

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनकपुरधाम उपमहानगरपालिका मेयरको टिकट मनोज चौधरीलाई दिने निर्णय गरेको छ ।

चौधरी जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष समेत हुन् । लोसपाबाट प्रदेश सांसद परमेश्वर साह, वडा ७ का अध्यक्ष जानकी राम साह, सञ्जय चौधरी र अमर पजियारको नाम पनि सिफारिस भएको थियो ।

मेयरको टिकट पाउने सम्भावना नदेखेपछि वडाध्यक्ष साह नेकपा एमालेमा प्रवेश गरिसकेका छन् ।

यस्तै उपमेयरको टिकट पुनः रिताकुमारी मिश्रले पाएकी छन् । उनी गत निर्वाचनमा तत्कालीन राजपाबाट उपमेयरमा निर्वाचित थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *