फेरि कम्युनिस्टहरुबीच ध्रुवीकरण हुनसक्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न आन्दोलनपछिको उपलब्धि जोगाउन फेरि वामपन्थी एकता हुनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १५२ औं लेनिन जयन्तीका अवसरमा शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले हिजो विभाजित माओवादीका घटकमा पनि विभाजनको औचित्य पुष्टि हुन नसकेकाले फेरि कम्युनिस्टहरुको बीचमा ध्रुवीकरण हुनसक्ने जिकिर गरेका हुन् ।

प्रचण्डले गणतन्त्रलाई कमजोर पार्दै जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइरहेकाले माओवादी आन्दोलनका घटकहरु एक हुनुपर्ने बताएका हुन् ।

उनले कम्युनिष्टलाई कमजोर पार्न खोजिएकै कारण नेकपाको एकता टिक्न नसकेको तर्क गरे । एमालेभित्र राम्रा कम्युनिस्ट रहे पनि नेतृत्वमा गलत व्यक्ति पर्दा उनीहरु त्यसको शिकार हुने खतरा रहेको उनले बताए ।

प्रचण्डले एमालेभित्रका इमानदार कम्युनिष्टहरुले गलत प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गरे ।

माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्टलाई विभाजन गरेरमात्रै आफ्नो प्रतिक्रियावादी सत्ता पुनः प्राप्त हुन सक्छ भन्नेहरु र फेरि निरंकुशता लाद्न खोज्नेहरु अझै पनि सक्रिय रहेकाले सजक रहनुपर्ने उनको भनाइ छ ।

Comments

One response to “फेरि कम्युनिस्टहरुबीच ध्रुवीकरण हुनसक्छ : प्रचण्ड”

  1. ksp pyl Avatar
    ksp pyl

    कुन कम्युनिष्ट ? रूखमा भाेट हाल भनेर कार्यकर्ता थर्काउने कम्युनिष्ट ? त्यस्ताे कम्युनिष्ट अब २ जना मात्र बाँकी छन् प्रचण्ड र माधव । असलि कम्युनिष्ट एमाले हाे जाे तिमीहरूसँग एकता गर्दैन । भारतीय राजदुतकाेमा थाल थाप्न जाने पनि कम्युनिष्ट ? देशकाे कुलंघार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *